भिम भुसाल, देवचुली ।
एक महिना अघि शुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन देवचुलीको नगर अधिवेशन नेतृत्व चयन गर्दै टुंगाएको छ । पुस १० गते नगर ईन्चार्ज अर्मान मियाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एंव नवलपुर ईन्चार्ज तिलक महतको प्रमुख आतिथ्यतामा शुरुवात गरिएको प्रथम नगर अधिवेशनले नेतृत्व टुंगाएको हो ।
अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा शिशिर गैह्रे, उपाध्यक्षहरु निशान्त न्यौपाने, निरञ्जन पौडेल, सचिवमा सुजन भुसाल, सह सचिवमा ईन्द्रमणी काफ्ले गंगाराम खत्री, मदन लम्साल, एन्जिलिना पोख्रेल र कोषाध्यक्षमा श्रद्धा पाण्डे चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा खेमराज काफ्ले, सिन्धु ढकाल, प्रदिप पाण्डे, सञ्जय आचार्य सहित ४४ जना सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरि नगरअधिवेशनले नवलपुर जिल्ला अधिवेशनको लागि देवचुली नगर कमिटिबाट ५ जनालाई जिल्ला अधिवेशन प्रतिनिधिमा छनोट गरेको छ । जसमा कृष्ण वाग्ले शुशिल चापागाई, सौगात भुसाल, रितिका भुसाल र अनिशा अर्याल छनोट भएका छन् ।