यसो भनिरहदा विकास बिरोधी भन्ने बुझ्न पनि सकिएला तर वास्तविकता यहि हो । अहिले जसरी भइरहेको बाटो पिच गर्ने पद्धतीले साच्चिकै हाम्रो देश कुनै समय पछि अलकत्राको थुप्रो मात्र बन्ने छ । अब फेरी ढुङ्गे युगमा फर्कनुपर्दछ , विकास निर्माणका कामहरु गर्नुहुदैन भन्न खोजेको पनि होइन । तर के साच्चिकै हाम्रो देशमा बाटोमा गरेको लगानीले भोको पेटहरुलाइ रगत र पसिना बेच्नका लागी विदेश जानबाट रोकिरहेको छ त ? यस्ता किसीमका भौतिक विकासले उद्योग कलकारखाना निर्माणमा बृद्धि भइरहेको छ त ? के साच्चिकै पिच बाटाहरुले गर्दा कृषिप्रदान देशको उत्पादन बढेको छ त ? सजिलो त ती दलाल र व्यापारीहरुलाइ भइरहेको छ जसले पिच बाटोको प्रयोग गरेर भारत बाट तरकारी ल्याएर महंगी बढाइरहेका छन् भने । हामी दिगो विकासको कुरा गरिरहदाँ हचुवाको तालमा जनप्रतिनिधीहरुको डोजर चलाउनका लागी मनपरी ढंगबाट डाडाँपाखाहरु खनिरहेका छन जसले गर्दा देशमा वर्षेनि ठुलाखालका बाढि पहिरोहरुले करोडौको धनमाल र मानविय क्षति बेहोरिरहनु परेको छ ।
नेपालको इतिहास हेर्दा पहिले देखि मानिसहरु आवतजावत गर्नका लागी मान्छे हिड्न सक्ने सानो गोरेटो बाटोको प्रगोग गर्ने गर्दथे । समयको विकास क्रम सँगै घोडामा सवार गर्नका लागी घोडेटो बाटोको प्रगोग गर्न थाले । पहिले पहिले खोला तथा नदिहरु पार गर्नका लागी काठका डुङ्गाहरुको प्रयोग हुने गर्दथ्यो । विस्तारै बाटोहरु बन्दै गए नदिहरु तर्नका लागी पुलहरुको निर्माण हुदै गयो । त्यसपछि मात्र सवारीका साधनहरुको प्रयोग हुदै आएको छ । अहिले त नेपालमा रेल तथा पानिजहाज पनि चलाउन सक्ने गरि अध्ययन अनुसन्धान भइरहेको छ । नेपालमा विना योजनाका साथ कुर्था-जनकपुरधाम देखि जयनगर सम्म सञ्चालन गरिन ल्याइएको रेल अहिले त्रिपालले ढाकेर राख्नु परिरहेको छ ।
तराइ क्षेत्र र ठुला शहरहरुका गल्लि गल्लि पिच भइरहदाँ नेपालका पहाडी क्षेत्रमा जाने बाटोहरु भने टाउकोमा कफन बाँधेर यात्रा गर्नुपर्ने खालका छन । त्यस्ता बाटोहरु न पिच हुन सकेका छन नत स्तरोन्ती हुन नै सकेको छ । बर्खामा परेको पानिका कारण ६ देखि ९ महिना सम्म पनि बाटो सञ्चालनमा आउन नसक्ने नेपालका थुप्रै बाटोहरु छन् जसको कुनै गन्ति नै छैन । जहाँ विद्यालय तथा अस्पताल सम्म पुग्नका लागी सामान्य बाटो पनि हुदैन । एम्बुलेन्स समेत जान नसक्ने ठाँउहरुमा साना ट्राक मात्र खुलेका छन विरामीहरुको अकालमा मृत्यु वरण गर्नुपर्ने बाध्यता कायम नै छ । राज्यले लगानी गर्ने कुरामा जनसंख्याको आधारमा मात्र गरिरहेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिक नागरिक होइनन् ? यस्ता खालका प्रश्नहरु ज्यादै गम्भीर छन ।
आजभोली प्रत्येक नेपालीहरु विना कामको हतारोमा देखिन्छन् । इन्टरनेटको र प्रविधिको विकास तथा वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको कारणले गर्दा पनि आजभोलि केहि कुरा पनि विदेशमा जस्तै तत्काल भइहालोस भन्ने चाहनाको विकास हुदै छ । मिनेट भरमा फेसबुकमा स्टाटस राखेजस्तै फ्याट्टै काम भइहालोस कुदिहाल्न पाउ भन्ने खालका विलासीताका कारण पनि हामीहरु अहिले ज्यादै ठुलो समस्यामा फस्दै गइरहेका छौँ । घरबाट १० मिनेटको दुरी सम्म पनि आजभोली नेपालीहरु हिड्न चाहदैनन् । यस्ता खालका गलत बानी र विषादी प्रयोग गरिएको खाद्यन्नले गर्दा केही वर्ष यता देखि ४५/५० वर्षको उमेर कटेपछि दिर्घरोगहरु उच्च रक्क्तचाप , मधुमेह जस्ता रोगहरु प्रत्येक व्यक्तिहरुमा जटिल रोग देखा परेको छ ।
भुमाफियाहरुले जग्गा प्लटिङ्ग गर्ने नाउमा कमसल खालको अलकत्राको प्रयोग गरेर बाटो बनाएका छन भने १५ वर्ष अघि सम्म ५ लाख कठ्ठामा पाइने जग्गाको मुल्यलाइ अहिले ५० लाख पुर्याएका छन । यसरी भइरहेको जग्गा दलाली र भुमामियालाइ सरकारले केही गर्न सकिरहेको छैन । नत भुमिले दिने उत्पादन बढेको छ नत केही नयाँ उद्योगको स्थापना भएको छ । बस भएको छ त बाटो पिच र बढेको छ जग्गाको मुल्य । वैदेशिक रोजगारीमा १० धुर जग्गा बेचेर गएको परिवारले कहिल्यै पनि १० धुर जग्गा किन्न नसक्ने परिस्थिति सिर्जना भएको छ । रेमिट्यान्सले धानेको हाम्रो देशको अर्थतन्त्र केही माफिया र दलालहरुले बढाएको मुल्यबृद्धिले गर्दा हाम्रो देश टाट पल्टिएको छ । लगानी जति सबै अनुत्पादक क्षेत्रहरुमा लगानी भइरहेको छ भने नागरिकहरु विलासी बस्तुहरुको भोगी बनिरहेका छन । यस्ता खालका गलत क्रियाकलापहरुलाइ सरकारले रोक्न जरुरी छ र लगानीलाइ उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अवस्थाको सिर्जना गर्नुपर्दछ । राष्ट्र बैकले पनि अनुत्पादक क्षेत्रमा लगानी घटाउनु पर्दछ यदि लगानी गर्नुपर्ने अवस्थामा उच्च व्याज लिने र उत्पादन मुलक पर्यटन, कृषि , उद्योग र व्यापारलाइ कमभन्दा कम ब्याजदरमा ऋण प्रदान गर्नका लागी मातहतका बैंक तथा वित्तिय संस्थाहरुलाइ निर्देशन गर्नुपर्दछ ।
वर्तमान समयमा स्थानिय सरकार विकास भनेको बाटो पिच गर्ने हो भन्ने गलत बुझाइको शिकार बनेको छ । अझ अहिले त जनप्रतिनिधिहरुको कार्यकाल नसकिदै बाटोमा हालेको अलकत्रा दिउसै टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था आइसकेको छ । नेपालकै सबै स्थानिय तहहरुको हालत यस्तै छ । २०७४ सालको स्थानिय निर्वाचन पछि २०७५/०७६ को बटेज विनियोजन बाट बनेका पिच सडकहरुको हालत गर्ने हो भने साच्चिकै सवारी लाइसेन्स लिन नेपाल सरकारले अंग्रेजी अक्षरको आठ बनाउन अनिवार्य बाटो यस्तै हुन्छ भन्ने पहिल्यै बुझेर बनाएको हो भन्दा फरक पर्देन । यसको जिम्बेवारी न नेपालका इन्जिनिएरहरुले दिन सक्छन् , न जनप्रतिनिधिहरुले नत ठेकेदारहरुले नै दिन सक्दछन । पहिले बजेट बाटो पिच गर्ने भनेर छुट्याइयो अब प्रत्येक वर्ष मर्मत संभार भन्दै उक्ति रकम खर्च हुने बेलामा पुगिरकेका छन ।
विश्वमा नेपाल मात्र यस्तो देश हो जहाँ प्रत्येक बाटोहरु पर्यटकीय हिसाबले महत्वपुणर् छन् , प्रत्येक घुम्तिहरुले इतिहास बताउन सक्दछन , प्रत्येक गल्लिहरुले पर्यटकहरुलाइ मोहीत पार्न सक्दछन् । नेपाल धार्मिक रुपमा पनि ज्यादै महत्वपुणर् छ । यहाँका प्रत्येक पहाड, हिमाल , नदि , खोला , जंगल , मन्दिरहरु प्रत्येक पाइला पाइला ऋषीमुनिहरुको तपोभुमिहो । यस्तो पवित्र स्थललाइ हामीले बिर्गानु हुदैन । हाम्रो देशमा भएको ऐतिहासीक संपदाहरुको पहिचान , पुर्नउत्थान गर्न जरुरी छ । किताबहरुमा वणर्न गरिने स्वर्गको टुक्रा नेपाललाइ भावि विश्वका पुस्ताहरुले समेत देख्न पाउने गरि स्रोत र साधनको उपभोग गर्ने जिम्बेवारी हाम्रो पनि हो ।
नेपालमा भएका कैयौँ बाटोहरुमा ढुङ्गा छापेर बाटो बनाउन सकिन्छ , माटो मात्र भएको ठाउहरुमा त्यस्तै किसीमको बाटो बनाउन सकिन्छ । कम सवारी चाप हुने बाटोहरुलाइ वर्तमान अवस्थामा नै राख्न सकिन्छ । विदेशीहरु तब सम्म मात्र नेपाल घुम्न आउछन जब सम्म उनिहरुले नेपाल देख्छन् होइन भने उनिहरु यहाँ नत भवन हेर्न आउछन नत यहाँ पुल र उद्योग नै । तसर्थ हामिले संरक्षण गर्न सकिने हाम्रा सम्पदाहरुलाइ मास्नु हुदैन । अलिकति दुख गर्दा सम्पदाहरु जोगिन्छन भने हामीले दुख गर्नुनै पर्दछ ।
हामीले हाम्रो देशलाइ पर्यटकीय हवको रुपमा मात्र विकास गर्न सक्यौ भने रोजगारीका लागी कोही एक जना नेपाली पनि वैदेशिक रोजगारीका नाममा विदेशिनु पर्ने छैन । अहिले त देशमा बढिरहेका मंहगीले गर्दा देशको मेरुदण्ड ५० लाख युवाहरु वैदेशिक रोजगारीमा गएका छन । यसरी हाम्रो देशको विकास गर्न सकिन्छ भन्ने कुरा दिवा सपना मात्र हुन्छ । नेपालमा थुप्रै ठाउहरुमा पदयात्रा गर्न सकिन्छ यहि हामीले जहाँ तहि बाटो खन्ने अथवा पिच गरेर पर्यटकिय क्षेत्रहरुलाइ नै तहस नहस गरिदियौँ भने हामी यस्तो ठुलो गरिबिको भुमरीमा पर्ने वाला छौँ जसबाट कसैले पनि निकाल्न सक्ने वाला छैन । यस्ताकुराहरु बाट बचाउनका लागी आजैबाट आवश्यक ठाउहरुमा मात्र उच्च गुणस्तरीय प्रविधिबाट बाटो पिच गर्नुपर्दछ । सरकारले लगानी गर्दा अध्ययन अनुसन्धान र त्यसको अधिकतम उपयोगिता हेरेर मात्र लगानी बढानउनु पर्दछ ।