कावासोती ।
नेकपा एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन हुनुभएको हो ।
अध्यक्षका दाबेदार मानिएका निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुबैले पाण्डेको नाममा सहमती भएपछी अध्यक्ष मण्डलले पाण्डेलाई सर्बसम्मत अध्यक्षको रुपमा घोषणा गरेको हो ।
उपाध्यक्षमा मनविर थापा, सचिव भिमलाल अधिकारी उपसचिव यमुनाथ आचार्य र भिमलाल कंडेल सर्वसम्मत चयन भएका छन् ।