अर्जुन सापकोटा,नवलपुर।
नेपाल टेलिकमको लापरवाहीले सेवाग्राही मर्कामा परेका छन् । नवलपुरमा दिन बिराएर नेटर्वकमा समस्या हुँदा सर्वसाधरण आक्रोसित बनेका हुन । यो महिना मात्र, पटक पटक समस्या देखिएको छ । केही समय मात्र नभई दिनानुदिन टावरले काम नगरेको सेवाग्राहीको भनाई छ । आईतबार बिहान देखि समस्या देखिएको टावरमा झण्डै १२ बज्दा समेत समस्या समाधान हुन सकेको छैन ।
कावासोती नगरपालिका बडा नम्बर ८ का नेपाल टेलिकमको सिम प्रयोगकर्ता तेजराम सापकोटाले, पटक पटक नेटर्वकमा समस्या आउदा समेत कावासोतीमा रहेको कार्यालयले समस्या समाधान गर्न तर्फ ध्यान केन्द्रीत गर्न नसकेको बताए । सापकोटाले भने, सोही समयमा एनसीएलको टावरले काम गर्ने तर, एनटिसीले नगर्ने के कारणले हो रु यस तर्फ ध्यान दिन जरुरी रहेको बताए ।
कावासोती ३ का डिल्लाराम आर्यालले भने यही अवस्था पटक पटक दोहोरीए, सेवाग्राही कार्यालयमा ताला लगाउन जानुपर्ने अबस्था आउन सक्ने चेतावनी दिए । उनले भने नेटर्वकमा समस्या आउदाँ कार्य सम्पादन गर्न कठिन भएको भन्दै यसको क्षति नेपाल टेलिकमले व्यर्होनुपर्ने बताए । तर यता कावासोतीमा रहेको नेपाल टेलिकमको बितरण केन्द्रले भने यस बिषयमा पटक पटक बाहाना बनाउँदै आएको छ । कहिले सडक मर्मतको कारण, कहिले प्राबिधिक समस्या, कहिले केन्द्रको समस्या, फाईबर समस्या लगायतका बहाना बनाउने गरेको छ ।