नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । शनिबार दिउसो मध्यविन्दु नगरपालिका – १५ ढोकाडी निवासी ६० वर्षीय टेक बहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाईबस्तु चराउन गएको क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक रहेको छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयले उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए ।
मध्यविन्दुमा सामान्य उपचार पछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित भएका छन् । यस अघि यसै क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा जनाको मृत्यु भएको छ । बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन् । उनीहरूले बाघ मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् । यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुर समेत एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाइवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा न कार्यालयले अनुरोध गरेको छ बाघ नियन्त्रणको लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जादा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ । मान्छेलाई आक्रमण गर्ने बाघको पहिचानकालागि सो क्षेत्रमा क्यामेरा राखिएका डिभिजन वन कार्यालय नवलपुर सूचना अधिकारी हरी प्रसाद गौतमले बताउनुभयो । बाघ पहिचान भए पश्चात नियन्त्रणका लागि थप काम हुने उहाँले बताउनुभयो ।