नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीबाट जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका २ विपि चोकबाट जुवातास खेली रहेका ११ जनालाई पक्राउ गरेको हो । विपि चोक स्थित चोल बहादुर कानुङको घरमा जुवातास खेली रहेका कावासोती बस्ने २८ वर्षीय बुद्धि पुलामी , ३८ वर्षीय डम्बर सिंह लामिछाने मगर, ४० वर्षीय नरेश कुमार विक, ३५ वर्षीय विजय कुमार रसाईली, २५ वर्षीय शंकर सुनार , २३ वर्षीय भिम कुमार श्रेष्ठ, २४ वर्षीय कृष्ण बहादुर विक, बौदीकाली बस्ने ३१ वर्षीय लेख बहादुर फाल, ४० वर्षीय खिम बहादुर लामिछाने, २५ वर्षीय विशाल मर्स्याङ्गी र भारत घर भई हाल कावासोती बस्ने ३२ वर्षीय हविजित यादव पक्राउ परेका हुन । जुवाखालबाट रु ५४ हजार ५६० सहित उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरमा राखी थप कारवाही प्रकृया अगाडि बढाइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लामा जुवातास नियन्त्रणका लागि विषेश पहल गरिरहेको छ । चालु आर्थिक वर्षको हाल सम्म जिल्ला प्रहरी कार्यालयले जुवातास सम्बन्धी ३१ वटा मुदा दर्ता गरिसकेको छ । जसबाट रु ११ लाख १ हजार ८९ राजस्व समेत संकलन गरेको प्रहरी निरीक्षक पन्तले बताउनुभयो । चालु आवको हाल सम्म १ सय ३१ जना जुवातास सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएर कारवाही गरिएको उहाँले बताउनुभयो । गत आवमा प्रहरीले जुवातासका ५३ वटा मुद्दा दर्ता गरेको थियो । जसमा तीन सय ९१ जना नियन्त्रणमा लिएको थियो ।