कावासोती ।
साना किसान कृषि सहकारी संस्था अग्याैलीकाे २५ औं साधारणसभा अग्याैलीमा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतकाे अध्यक्षता र गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि चन्द्र बहादुर बुढाकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर बुढाले कृषिलाई परम्परागत तरिकाले नभई प्रविधियुक्त तरिकाले चलाउन जाेड दिनु पर्ने बताएका थिए । त्यसैगरी
स्थानिय कृषकहरूले उत्पादन गरेका अन्नज, दुग्ध आदि सबैकाे बजारकाे व्यवस्थाकाे लागि स्थानिय सरकारले पहल गर्नु पर्ने बताएका थिए । उक्त सहकारीलाई अब केही पालिकामा मात्र सिमित नभई जिल्लास्तरीय सहकारी बनाउनका लागि समेत सुझाब दिएका थिए । कार्यक्रममा हुप्सेकाेट पालिका अध्यक्ष लक्ष्मी पाण्डे, ने क पा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज किशन शर्मा, नेपाल कृषि सहकारी केन्द्रीय सदस्य कृण्णबाबु श्रेष्ठ, साना किसान लघुवित्त वित्तिय संस्था ईलाका कार्यलय बुटवलका बरिष्ठ सहायक शेख दवाडी, त्रिभुवनटार बहुमुखी सहकारी संस्थाका अध्यक्ष दुर्गा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट अन्तर समूह, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणीहरू, उत्कृष्ट विभिन्न कृषकहरूलाई सम्मान पनि गरिएकाे थियाे । वि. सं.२०५५ मा स्थापना गरिएकाे उक्त संस्थामा अहिले ५००० सदस्य रहेका छन् ।
संस्थाले यस बर्ष मात्रै ९५ लाख रूपैयाँ नाफा गरेकाे बार्षिक प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
कार्यक्रम संस्थाकाे केन्द्रीय कार्यलय कावासाेती १४, त्रिभुवनटारमा गरिएकाे थियाे ।