नेपाल मानव धर्म सेवा समितिले नवलपुरका विकट स्थानमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक उन्नतिमा टेवा पुगोस भनी कावासोती नगरपालिकामा अवस्थित श्री जल देवि प्रा.वि., बालुवा डाडा र नारायणी प्रा. वि.लौगाईका विद्यार्थीहरुलाई उपहारको रुपमा शैक्षिक सामग्री प्रदान कार्यक्रम सुसम्पन्न भएको छ ।
नेपाल मानव धर्म सेवा समितिले यस्ता सामाजिक कार्यक्रम वर्षेनी देशव्यापी रुपमा गर्दै आएको छ । एक राष्ट्र , एक ध्वज , एक आत्मा भन्ने भावनाको साथ विश्वमा शान्ति स्थापना गर्नका लागि विभिन्न सत्सङ प्रवचन कार्यक्रम गर्दै आएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेश संरक्षक पुज्य म. पितम्वरा बाइजीको प्रमुख आतिथ्यता साथै कावासोती शाखा आश्रमबाट महात्मा किरण बाइजी र श्रुतिषा बाइजी , युवा स्वयंसेवक दलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्री पाउँदा निकै खुसी लागेको कुरा दुवै विद्यालयका प्रअ ज्यूहरुले बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै महात्मा पिताम्बरा बाइजीले भन्नू भयो ‘देशमा एकता र शान्ति स्थापना गर्नका लागि विद्यार्थी बालबालिकाहरु ज्ञानी हुनुपर्छ र ज्ञानी हुनका लागि पढनु पर्छ , तसर्थ गरिबीको कारणले कोहि पनि बालबालिका पढाइदेखि वञ्चित हुन नपरोस् भनी हामीले शिक्षा अभियान चलाएका हौं , यो अभियान निरन्तर चल्ने छ ।’