देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गर्दै एमालेका उम्मेदवार खिमानन्द भुषाल निर्वाचित हुनुभएको हो । स्थानीय तहको झल्को दिने गरि भएको निर्वाचनमा एमालेका उम्मेदवार खिमानन्द भुसाल ५ सय ५ ९ मत अन्तरले विजयी हुनुभएको हो । उहाँले २ हजार ४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धका तर्फबाट उठेका कांग्रेसका उम्मेदवार नारायण प्रसाद पौडेलले १४४५ मत प्राप्त गर्नुभएको थियो ।
नेकपा एमाले विरुद्ध नेपाली कांग्रेस , माओवादी एकीकृत समाजवादी गठबन्धन बनाएको भएपनि गठबन्धन नराम्रोसँग पराजित भएको छ । देवचुली नगरपालिका १० देखी १५ सम्मका ६ वटा वडाका नौ वटा ब्लक समेटिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारले २,४,५,७,८ र ९ वटा ब्लकमा जित हात पारेका छन् ।
निर्वाचनमा कुल ३ हजार ५४ ९ मत खसेको थियो । सचिव पदमा झिनो मत अन्तरले एमालेका उमेदवार पराजित भएका छन् । २१ मत अन्तरले सचिवमा पराजित हुँदा लेखा समिति संयोजक र सदस्यमा एमालेका उमेदवारले जित हात पारेका छन् । खानेपानीको निर्वाचनमा अध्यक्ष , सचिव , लेखा समिति संयोजक , दुई सदस्य र नौ वटा ब्लक स सहित १४ पदमा भएको निर्वाचनमा एमालेले १० वटा पदमा जित निकाल्दा सचिव सहित १ , ३ र ६ मा मात्रै गठबन्धनले जित निकालेको छ । लेखा समिति सदस्यामा एमालेका उम्मेदवार रत्ना भुषाल २५३ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लिलाधर अधिकारीलाई पराजित गर्नुभएको हो । यस्तै लेखा समिति सदस्यमा एमालेका उम्मेदवार गिता कुमारी न्यौपाने र शिवलाल पराजुली निर्वाचित हुनु भएको छ ।
सचिवमा गठबन्धनका ईन्द्रमणी भुषाल निर्वाचित हनुभएको छ । ब्लक तर्फ गठबन्धनबाट १ मा लक्ष्मी तिवारी , ३ मा नन्दुलाल धिताल र ६ मा ओमप्रसाद सारु निर्वाचित हुँदा एमालेबाट २ मा टोप प्रसाद न्यौपाने , ४ मा दीना पराजुली , ५ मा मुना भण्डारी , ७ मा दुर्गादवि विष्ट , ८ मा कृष्ण कुमार श्रेष्ठ र ९ मा जसबिर पुलामी बिजयी भएका छन् । प्रगतिनगर खानेपानीको निर्वाचनको मत परिणाम सँगै देवचुलीमा ए मजबुत भएको देखिएको छ । एमाले बिरुद्ध अन्य दलले मोर्चाबन्दी गरेको भएपनि खानेपानिको निर्वाचनमा जित नेकालेसँगै देवचुलीमा रहेका एमालेका नेता , कार्यकर्ता उत्साहित बनेका छन् । यसले आगामी स्थानीय तहको निर्वाचनमा समेत प्रभाव पार्ने देखिएको छ । ६ वटा वडाको मत परिणामले एमाले मजबुत देखिएको छ । केही दिन अघि मात्रै देवचुलीमा वनको निर्वाचनमा एमालेले गठबन्धनलाई पराजित गरेको थियो ।