भिम भुसाल, देवचुली ।
नारायणगढ -बुटवल सडक बिस्तारको क्रममा नवलपुरको देवचुलीमा रहेको अस्थाई प्रहरी चौकी धरापमा परेको छ । सडक छेउछाउका संरचना भत्काउने क्रममा दलदलेमा रहेको प्रहरी चौकिको आंशिक संरचना भत्किदा धरापमा परेको हो ।
बि. सं. २०७२ सालमा स्थापना भएको अस्थाई प्रहरी चौकिको प्रतीक्षालय तथा छलफल कक्ष भत्काइएको छ भने सडक प्रहरी चौकिको मुल ढोका सम्म बिस्तार हुने भएको छ । प्रहरी चौकी अगाडि पानी बग्ने ढल निर्माणको लागि काम अघि बढ्ने भएको छ । सडक बिस्तारको क्रममा चलाईएका डोजर तथा एक्साभेटरले प्रहरी चौकी चर्किरको छ । प्रहरी चौकी इनारमाथी बनेकोले पनि ज्यान जोखिममा राखेर काम गर्नु परेको प्रहरिले गुनासो गरेका छन् ।
स्थानिय सरकारले जग्गा उपलब्ध गराएको खण्डमा प्रहरी चौकिलाई स्थानान्तरण गरिने जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले बताउनुभयो । जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउन सक्ने स्थान र भौतिक ब्यवस्थापनको सहयोग पाएमा अस्थाई प्रहरी चौकिलाई स्थानान्तरण गरिने मल्लले जानकारी दिनुभयो । स्थानीय ब्याक्तीको सहयोग प्राप्त भएमा मात्रै दलदलेमा प्रहरी चौकी रहने अन्यथा अस्थाई प्रहरी चौकी भएकाले जिल्लामा नै फिर्ता लगिने मल्लले जानकारी दिनुभयो । हाल सम्म अस्थाई प्रहरी चौकिलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा ठोस पहल हुन सकेको छैन ।