चोरमरा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको अक्रमणबाट मध्यविन्दु–१२ की ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।
शुक्रबार बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको हो । सारु संगै गएका अन्य स्थानीयले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोलि घटना स्थल पुगेको छ । अहिले मचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटना स्थल अरुणखोला दुम्कीबास सडक खण्ड भन्दा करिव पाँच सय मिटर दक्षिण तर्फ रहेको प्रहरीले जनाएको छ ।
नवलपुरमा यस अघि एक महिना अगाडी मंसिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाँपालिका १ मा स्थानीय सामुदायिक वनका वन रक्षकको मृत्यु भएको थियो । सो घटना स्थल र आजको घटना स्थल केही दुरीको फरकमा रहेका छन् ।
सो वन आसपासमा बाघको आतंक भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडी एक सुचना मार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।