देवचुली ।
पुर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि पुष १९ गते हुने निर्वाचनको सरगर्मि बढ्दै गएको छ । राष्ट्रिय राजनिती अनुरुप नै खानेपानी संस्थामा नेकपा एमाले विरुद्ध अन्य चार दलको गठबन्धन बनाएर उम्म्दवारी घोषणा, मनोनयन दता सँगै चुनावि प्रचारप्रसारले चुनावी सरगर्मि बढाएको छ ।
नेकपा एमालेका तर्फबाट संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको नेतृत्वमा प्यानल चुनावी प्रचारप्रसारमा घरदैलो गर्दै छ भने नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीदलहरु मिलेर कांग्रेस नेता नारायणप्रसाद पौडेलको नेतृत्वको प्यानल चुनाबी प्रचारप्रसारमा जुटिरहेको छ ।
संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा सचिव सुर्यप्रसाद दवाडी र लेखा संयोजकमा रत्ना भुसाल सहित लेखा सदस्यहरुमा शिव पराजुली र गीता रिजाल न्यौपानेलाई नेकपा एमालेले मैदानमा उतारेको छ भने चारदलिय गठबन्धन प्रजातान्त्रिक तथा प्रगतिशील बाम गठबन्धनले तर्फबाट नारायण प्रसाद पौडेलको नेतृत्वमा सचिवमा ईन्द्रमणी भुसाल, लेखा समिति संयोजकमा लिलाधर अधिकारी, लेखा समिति सदस्यहरुमा शंकरबहादुर नेपाली र सरस्वती चापागाईलाई अगाडी सारेको हो ।
त्यसै गरि नेकपा एमालेले सदस्यहरुमा ब्लक नं १ बाट सीता पाण्डे, ब्लक नं २ बाट टोपप्रसाद न्यौपाने , ब्लक नं ३ बाट चन्द्रकान्त भुसाल, ब्लक नं ४ बाट दिना पराजुली, ब्लक नं ५ बाट गुना भण्डारी , ब्लक नं ६ बाट लिलाबल्भव भुसाल, ब्लक नं ७ बाट दुर्गादेवी विष्ट, ब्लक नं ८ बाट कृष्ण श्रेष्ठ र ब्लक नं ९ बाट जसविर पुलामीलाई अगाडि सारेको छ भने चारदलिय गठबन्धनको तर्फबाट सदस्यहरुमा ब्लक नं १ मा लक्ष्मी तिवारी, ब्लक नं २ मा रमा भट्ट, दवाडी, ब्लक नं ३ मा नन्दुलाल धिताल, ब्लक नं ४ मा दुर्गाकुमारी रेग्मी, ब्लक नं ५ मा सागर भण्डारी, ब्लक नं ६ मा ओमप्रसाद सारु, ब्लक नं ७ मा कृष्णा ढकाल, ब्लक नं ८ मा रामबहादुर गुरुङ र ब्लक नं ९ मा जसबहादुर लुङ्गेलीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका भुसालको नेतृत्वमा खानेपानी देशकै उत्कृष्ट खानेपानी घोषणा भएको भन्दै उपभोक्ताले विगत ३ वर्षको काम मुल्यांकन गरेर नेकपा एमालेको प्यानललाई उपभोक्ताले पुन विजयी बनाउने दाबी एमालेले गरेको छ भने चारदलिय गठबन्धनले संयुक्त गठबन्धन आजको आवश्यकता, द्रुत सेवा सहितको निरन्तर स्वच्छ सफा पानी गठबन्धनको प्रतिवद्धता रहेको बताउदै गठबन्धनकै बलमा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन ।
गणितीय हिसाबले चारदलिय गठबन्धन बलियो देखिए पनि संस्थाको वर्तमान अध्यक्ष भुसाललाईनै एमालेले पुन उम्मेदवार बनाउदा नेतृत्व चयनको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । अध्यक्ष पदका उम्मेद्वार भुसाल विगतको कामले विश्वासको मत पाउनेमा विस्वस्त रहेका छन् भने पौडेल सम्पुर्ण राजनैतिक पार्टिको गठबन्धनले मत पाउनेमा विस्वस्त छन् ।