भिम भुसाल, देवचुली ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्वियू (क्रान्तिकारी) जिल्ला सदस्य तथा देवचुली नगर अध्यक्ष आशिष वाग्लेले पदबाट राजिनामा दिएका छन् ।नेकपा माओवादीको भातृ संगठन अनेरास्वियू (क्रान्तिकारी) देवचुलीको नेतृत्व गरिरहेका वाग्लेले ब्यत्तिगत समय अभावका कारण पदबाट राजिनामा दिएका हुन् ।
अनेरास्वियू (क्रान्तिकारी) जिल्ला अध्यक्षलाई राजिनामा पत्र लेख्दै ब्यत्तिगत समय अभावका कारण पदमा बस्न नसक्ने भन्दै पदबाट राजिनामा दिएको जिकिर गरेका छन् ।