भिम भुसाल, देवचुली ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुलीमा अध्यक्ष पदका उम्मेदवार सहित १० जनाले सामुहिक रुपमा उम्मेद्धारी फिर्ता लिएका छन् । अध्यक्ष पदमा सहमति जुट्न नसकेपछी पुस २० गते सम्मका लागि सारिएको बन्द सत्र अगावै अध्यक्ष पदका उम्मेदवार सहित उप सचिव, कोषाध्यक्ष र ७ सदस्य पदका उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेद्वारी फिर्ता लिनेहरुमा अध्यक्ष पदका उम्मेदवार शुसिल चापागाई, उप सचिव एन्जिलिना पोख्रेल, कोषाध्यक्ष श्रद्धा पाण्डे र सदस्यहरु सरला तिवारी, लक्ष्मी चापागाई,प्रदिप पाण्डे, विजय थापा, सुनिल सुटाल, विवेक भण्डारी र बिजय भण्डारीले सामुहिक रुपमा उम्मेद्वारी फिर्ता लिएका हुन् ।
अनेरास्वियु देवचुलीको सर्वसम्मत कमिटि निमार्णको लागि दिब्यपुरीका सम्पुर्ण साथिहरु पछाडि हटेको अध्यक्ष पदका उम्मेदवार शुसिल चापागाईले जानकारी दिनुभयो ।