नवलपुर ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ सञ्चालक समितिकाे लागि नेकपा एमालेले आफ्नाे तर्फबाट उम्मेदवार घोषणा गरेको छ । आठौं अधिबेशनमार्फत चयन गर्नुपर्ने समितिकाे लागि खानेपानी संस्थाको अध्यक्षमा पुनः खिमानन्द भुसाललाई अघि सारेको हाे । यस्तै, सचिवमा सूर्यप्रसाद दवाडीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संस्थाको आन्तरिक लेखा समितिको संयोजक सहित २ सदस्यको समेत नाममा निर्णय गरेको छ ।
लेखा संयोजकमा रत्ना भुसाल सहित सदस्यहरुमा शिव पराजुली र गीता रिजाल न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
साविक प्रगतिनगर गाविसका ९ वटा वडालाई ९ ब्लक कायम राख्दै प्रत्येक ब्लवबाट उठाउने एक–एक जना सदस्य भने पछि टुङ्ग्याउने गरी अध्यक्ष, सचिव र लेखा समितिका लागि उम्मेदवारको टुंगो लगाईएको एमाले स्रोतले जनाएको छ ।