नवलपुर । नवलपुर महाेत्सवकाे समुदघाटन भएकाे छ । नवलपुर हाेटल व्यवसायी संघकाे आयाेजनामा पाैष ८ गते अर्थात आजदेखी शुरु भएकाे प्रथम नवलपुर वृहत खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव गण्डकी प्रदेशकाे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेलकाे उपस्थितिमा समुदघाटन भएकाे हाे । महोत्सव पुस १७ गतेसम्म चल्ने छ ।
महोत्सवको उद्घाटन गर्दै पोख्रेलले नवलपुरका होटल व्यवसायी संघले आयाेजना गरेकाे वृहत प्रथम नवलपुर वृहत खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव
सफलताकाे शुभकामना दिनु भयाे । उहाँले नवलपुरकाे हाेटल व्यवसाय
माथि उठाउन एवं नवलपुरकाे सांकृतिक एवं पर्यटकीय क्षेत्रकाे विकासकालागि आफू सधै प्रतिबद्धता व्यत्त गर्नु भयाे । कोभिड १९ का कारण थिलोथिलो परेको होटल व्यवसायीलाई माथि उठाउनका लागि आर्थिक एवं जुनसुकै सहयाेग गर्ने बताउनु भयाे । उहाँले नवलपुरका होटल व्यवसायी एक एक भएर आए आर्थिक सहयोग गर्न गण्डकी प्रदेश सरकार तयार रहेको वताउनु भयाे ।
महोत्सवको पहिलो दिन आज कावासोतीको थकाली चोकदेखि महोत्सव स्थलसम्म शोभा कलश यात्रा निकालिएको थियो । शोभा कलश यात्रामा विभिन्न जातजातिका झाँकीका साथै स्थानीय संघसंस्था, विद्यालयका विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
महोत्सवमा नवलपुरमा रहेका विभिन्न जनजातिका परम्परागत संस्कृति झल्कने खानाहरु पाइने होटलका साथै व्यापारिक स्टलहरु पनि रहेका छन् । त्यसैगरी महोत्सवमा कावासोतीको बालुवाडाँडादेखि हात्तीखोरसम्म प्याराग्लाइडिङ्ग, चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, नारायणी नदीमा डुंगा सयर आदिको पनि व्यवस्था गरिएको छ ।