देवचुली । नेकपा एमाले सम्बन्ध विद्यार्थी संगठन अनेरास्ववियु देवचुलीकाे प्रथम नगर सम्मेलनकाे तयारी पूरा गरेकाे छ । पाैष १० गते देवचुली-१३ स्थित देवचुली पार्टी प्यालेसमा हुने कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, नवलपुर क्षेत्र २ का संघिय सांसद एवं नेकपा एमाले जिल्ला ईन्चाज तिलक महत रहनु हुने भएकाे छ ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेका प्रत्येक विद्यालयवाट कम्तिमा पनि २० जना दरले प्रतिनिधिकाे रुपमा उपस्थिति हुने नवलपुर जिल्ला कार्यालय सदस्य एवं देवचुली नगर ईन्चाज अर्मान मियाँले जानकारी दिनुभयाे । उहाँले नगर सम्मेलनमा देवचुली भित्र रहेका विद्यालय तथा वडाहरुवाट ३०० जना विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम भव्यरुपमा आयाेजनाहने वताउनु भयाे ।
संगठनले विभिन्न समिति तथा उपसमिति निर्माण गरि कार्य विभाजन ताेकेकाे छ साथै सांस्कृतिक समितिलेे सांस्कृतिक कार्यक्रमकाेलागि तयारी गरिरहेकाे अनेरास्ववियु पूर्व जिल्ला उपाध्यक्ष एव पूर्व केन्द्रीय सदस्य प्रकाश काफ्लेले जानकारी दिनुभयाे । उहाँले एमाले र माओवादी पार्टी एकीकरण पश्चात् संगठन विस्तार प्रकृयामा केही कठिनाई भएकाे र संगठन विस्तारकाे कामले तिव्रता लिन नसक्दा संगठन केही कमजाेर देखिए पनि अव हुने नगर सम्मेलनबाट संगठन मजवुद हुने र देवचुलीमा अनेरास्ववियु लाई प्रथम विद्यार्थी संगठनकाे रुपमा स्थापित गर्ने विश्वास व्यत्त गर्नु भयाे ।
सम्मेलनमा उपस्थितका लागि नेकपा एमाले सम्बद्ध सम्पुर्ण पार्टी नेतृत्व, भातृ संगठन एवं विद्यार्थी हरुलाई अनेरास्ववियुले हार्दिक अनुराेध गरेकाे छ ।