नवलपुर । नवलपुरकाे देवचुली-१० मा रहेकाे न्यू नवल इङ्गलिस बोडिङ्ग स्कुलले पाैष ४ गते ३९ औँ बार्षिकोत्सव मनाउने भएकाे छ । विक्रम संम्मत् २०३९ सालमा स्थापना भएकाे स्कुलले विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरि ३९ औँ बार्षिकोत्सव मनाउने भएकाे हाे ।
आइतबार विद्यालयले आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा विद्यालयले बार्षिकोत्सवकाे अवसरमा पाैष २ गते निःशुल्क आँखा चेकजाँच एवं परामर्शा, पौष ३ गते खुल्ला रक्तदान त्यस्तै पाैष ४ गते विभिन्न साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवं अभिाभवक दिवस मनाईने विद्यालयका प्रधानध्यापक सन्दिप शर्माले जानकारी दिनुभयाे । उहाँले विद्यालयले आयाेजना गरेकाे आँखा शिविरमा विद्यार्थी, अभिभावक एवं उपस्थित स्थानियहरुलाई पनि सेवा प्रदान गरिने बताउनु भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद मरासीनीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली वडा नं १० का वडाध्यक्ष केशर आलेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै आलेले नेपालकाे शैक्षिक जगतमा निजि विद्यालयकाे याेगदान अतुलनिय रहेकाे निजि विद्यालयकाे गुणस्तरिय शिक्षाकै कारण सरकारी विद्यालयहरुमा सुधार आएकाे बताउनु भएकाे थियाे ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानध्यापक खेम शर्मा भट्टराईले स्थापना कालदेखि विभिन्न आराेह अवराेह पार गर्दै ३९ औँ बार्षिकोत्सव मनाउन पाउँदा खुशि लागेकाे र सबैकाे साथ सहयाेगले विद्यालयलाई थप उचाईमा पुग्ने विश्वास व्यत्त गर्नु भयाे ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, पूर्व शिक्षक एवम् देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता खिमानन्द भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका को–अर्डिनेटर किरण भट्टराई, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरु, सामाजिक कार्यमा अग्रसर युवाहरु लगायतको उपस्थिती रहेको थियो ।