नवलपुर, शिशिर गैरे।
मध्यबिन्दु नगरपालिका वडा नं ८ चौरङ्गीमा अवस्थित नेपाल ग्रीन भ्याली सेकेन्डरी इङलिस बोर्डिङ (NGV) स्कुलमा बाल क्लबको पुनर्गठन निर्वाचनबाट सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ५-१० सम्मका विद्यार्थी प्रतिनिधि मार्फत मतदान गरि निर्वाचन भएको छ । बाल क्लबको पुनर्गठन पूर्ण प्रजातान्त्रिक बिधिबाट गर्दा विद्यार्थीहरु पनि हर्षित भएको बताएका छन ।
याे प्रकृयाबाट विद्यार्थीहरुलाई देशमा कसरी निर्वाचन हुन्छ, निर्वाचनकाे प्रक्रिया, बिधि र पद्धति बारे जानकारी प्राप्त भएकाे विद्यालयका सहायक प्रधानाध्यापक श्री शरद तिवारीले बताउनु भयो ।
निर्वाचनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति समेत गठन गरिएको थियाे । निर्वाचन रुपान्तरण र युवा प्रा. लिका उपाध्यक्ष एवम् परियोजना व्यवस्थापक शिशिर गैरेको अध्यक्षमा सम्पन्न भएको थियाे ।