नवलपरासी, मंसिर १५ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत हुन गईरहेको गण्डकी प्रदेशको अधिबेशनमा प्रदेश सदस्यमा सिता कुँवरले उम्मेदवारी घोषणा गर्नुभएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ निवासी कुँवर लामो समयदेखी राजनितिमा कृयाशील हुनुहुन्छ । नवलपुर क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित कुँवरले जिल्लाबाट उम्मेदवारी घोषणा गरेर तयारीमा जुटेको जानकारी दिनुभयो । कुँवर राजनीति सँगै सामाजिक क्षेत्रमा कृयाशील हुनुहुन्छ । अहिले जिल्ला र जिल्ला बाहिरका प्रतिनिधिहरुसँग भेटघाट, फोन सम्पर्क, सरसल्लाह लगायतको कार्य भईरहेको कुँवरले जानकारी दिनुभयो ।
सामाजिक क्षेत्रका दजनौं संघ संस्थामा कृयाशील कुँवर नवलपुर काँग्रेसको जिल्ला कार्य समिति सदस्य हुनुहुन्छ । तपाईको उम्मेदवारी किन भन्ने प्रश्नमा कुँवरले “सामाजिक सेवाको अग्रसरताले आफुमा थप उत्साह थपेकाले प्रदेश सदस्य बन्न चाहेकी हुँ । आसा छ, राजनैतिक यात्राको यस अवसरमा सबैको साथ सहयोग अनि सदभाव रहन्छ । मेरो समाजिक क्षेत्रको लागानीले पनि मलाई प्रतिनिधिहरुले सद्भाव प्रकट गर्नुहुनेछ भन्ने अपेक्षा छ” कुँवरले भन्नुभयो ।
कुँवर जनकल्याण माविको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष, कुँवर समाजको अध्यक्ष, रोटरी क्लव अफ नवलपुर कावासोतीको पूर्व अध्यक्ष, कावासोती कृषि सुरक्षा बहुउदेश्य सहकारीको अध्यक्ष, कावसोती नगर शिक्षा समिति सदस्य, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुरक्षा समिति सदस्य रहनुभएको छ ।
यस्तै नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाको यसस्कार सदस्य, क्षेत्री समाजको कार्य समिति सदस्य, शहिदस्मृति माबिको सल्लाहकार सदस्य, लुम्बिनी डिग्री कलेजको संचालक समिति सदस्य, मध्यबिन्दु जिल्ला अस्पतालको संचालक समिति सदस्य, जनज्योति माध्यामिक बिद्यालयको सल्लाहकार समेत रहनुभएको छ ।