नवलपुर । नवलपुरमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नारायणगढबाट धनगढी जादै गरेको बसले ठक्कर दिदा बसका सहचालकको घटना स्थलमै मृत्यु हो । मृत्यु हुनेमा बारा जिल्ला सिमरा १२ बस्ने बर्ष ३० को रमेश राउत रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
नवलपुर प्रहरीका अनुसारका अनुसार मध्यविन्दु नगरपालिका ७ चोरमारा ४० किलोमिटर जंगलमा नारायणगढबाट धनगढी जाँदै गरेको ना ६ ख ७११३ नम्बरको बस गएराति साढे २ बजेतिर सहचालकलाई ठक्कर दिएको हो । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।