नवलपुर ।
नवलपुरकाे कावासातीमा महोत्सव हुने भएको छ । नवलपुर होटल व्यवसायी संघको आयोजनामा पुस ८ गते देखि १७ गते सम्म कावासोती स्थित टुवोर्ग ग्राउण्डमा महोत्सवको आयोजना गरिएको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोस रानाले बताउनु भयो ।
हाेटल व्यवसायी संघले १० दिने प्रथम बृहत् खाना, पर्यटन, सांस्कृतिक तथा व्यापारीक महोत्व गर्न लागेको अध्यक्ष रानाले बताउनुभयो । नवलपुरको पर्यटन विकास, यहाँका विभिन्न जातिका खानाका परिकार, उनिहरुका संस्कृती झल्काउने नृत्य, जंगल सफारी, प्याराग्लाइडिङ्ग लगायत महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ ।
कोभिडका कारण सुस्ताएको नवलपुरको पर्यटन गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको समेत अध्यक्ष रानाले बताउनुभयो । महोत्सवमा करिब २०० स्टल रहने र कुल १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनु भयाे ।
होटल व्यवसायी संघका केन्द्रीय सदस्य बालकृष्ण पौडेलले महोत्सवले यहाँको पर्यटनको विकास सहित जिल्लाको आर्थिक चलायमान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीले फरकपन दिदै जिल्लाको पहिचान थप स्थापित गराउन लाग्नुपर्नेमा जोड दिदै महोत्सव सफल पार्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।