नवलपुर । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ को सभापतिमा अमृत भट्टचन बिजयी हुनुभएकाे छ । जम्मा ११६७ मत रहेकाे क्षेत्र नं १ मा ६७० मत प्राप्त गरि भट्टचन २२३ मतान्तरले विजय हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गर्नु भएकाे छ ।
त्यस्तै सचिवमा अमृत श्रेष्ठ ५८७, शालिकराम सापकाेटा ५६४ मत सहित बिजयी भएका छन् भने सह सचिबमा टिकाराम सापकाेटा ५८३, तेज प्रसाद घिमिरे ५८० मत सहित बिजयी भएका छन् ।
नवलपुरमा महेन्द्रध्वज जिसी र महामन्त्री शशांक काेईलाले प्यानल सहित निर्वाचनमा हाेमिएका थिए । विजयी नेता भट्टचन महेन्द्रध्वज जिसी प्यानलबाट उम्मेदवारी दिएका थिए भने कमल प्रसाद पराजुली शंशाक काेईराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
नवलपुर क्षेत्र नं १ मा ११५१ मत खसेकाे थियाे ।