भिम भुसाल, नवलपुर ।
उद्योगपती बिनोद चौधरी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नवलपुर क्षेत्र नम्बर १ बाट मधेशी, अल्पसंख्यक, महिला,अपांग खुल्ला पदमा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार नवलपुरको दलदलेमा भएको मनोनयन दर्तामा चौधरीको प्रतिद्धन्दिमा रहेका मेघराज भण्डारीले उम्मेदरी फिर्ता लिएसँगै बिनोद चौधरी महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत चयन हुनुभएको हो ।
पावर संदेशसँग कुराकानी गर्दै उम्मेद्वार मेघराज भण्डारीले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल सहितका अग्रज नेताहरुको आग्रहमा उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभयो ।
भण्डारीले भन्नुभयो, “एक शर्तमा उम्मेद्वारी फिर्ता गरेको छु । जिवन्त नेपाली काँग्रेसमा समर्पित दाई तरुण दल पुर्व केन्द्रिय कोषाध्यक्ष क्यु प्रसाद बसेललाई दुवै प्यानलबाट सहयोग गर्ने सर्तमा मैले उम्मेद्वारी फिर्ता लिएको हुँ ।” क्यु प्रसाद बसेललाई स्वतन्त्र रुपमा दुवै प्यानलले सहयोग गर्ने शर्तमा बिनोद चौधरी सहित काँग्रेस नेतागण सहमत भएपछी उम्मेद्वारी फिर्ता गरेको भण्डारीले बताउनुभयो ।