डि आर क्षेत्री, देवचुली ।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसनको सरगर्मि बिस्तारै वढ्दै गएको छ । छिमेकि जिल्ला चितवनमा महाधिवेसन हुने भएको हुदा नवलपुरमा यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । सवैतिरवाट महाधिवेशन सफल वनाउन लागिरहदा देवचुलि नगर पालिका वडा नं १ को वडा कमिटिले आज एक कार्यक्रमका विच ५१ सदस्यिय प्रचार प्रसार समिति गठन गरेको छ ।
यसको संयोजक पार्टि वडा कमिटिका उपाध्यक्ष धन वहादुर राना रहेका छन् । उक्त प्रचार प्रसार समितिमा युवा संघ वडा कमिटि , अनेम संघ , वडा कमिटिका पदेन सदस्य तथा पार्टिका सवै विभिन्न भातृ संगठनका पदाधिकारि तथा सदस्य हरु छन् । समितिले वडा भित्र पार्टिका संगठित सदस्यहरु , सुभ चिन्तक , आम समुदायलाई महाधिवेसनमा उपस्थित हुन अनुरोध तथा आवह्वान गरेको छ । नेकपा एमाले वडा कमिटिका अध्यक्ष रिपु वहादुर अधिकारिले चितवन सम्म जानका लागि वस व्यवस्थापन गरिसकिएको तथा निजि सवारि तथा मोटरसाईकलमा जान सकिने वताए ।