देवचुली । पुर्व पश्चिम राजमार्ग अन्तरगत देवचुली-१३, दलदलेमा बसले माेटरसाईकललाई ठक्करदिदा बाईकमा सवार दुई जना घाईते भएका छन् । पुर्वबाट पश्चिम जाँदै गरेकाे लु ३ छ प ३७०४ नम्बरकाे माेटरसाईकललाई साेहि दिशाबाट आउदै गरेकाे ना ६ ख ६४३१ नम्वरकाे बसले ठक्कर दिएकाे हाे ।
घाईते हुनेमा माेटर साईकल चालक गैडाकाेट-१३, घर भएका २९ बर्षिय रेशमलाल महताे र चालकका भान्जा कावासाेती- ३ घर भएका बर्ष ९ का अजय महताे रहेका छन् । घाईते दुवैकाे देवचुली अस्पतालमा उपचार भईरहेकाे छ ।