नवलपुर । नवलपुरकाे देवचुली-१६ रजहरमा माेटरसाईकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाईते भएकाछन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ आइरहेको लु २२ प ६७६९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ जादै गरेको बाग्मती प्रदेश ०३ – ००३ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा एक जनाको निधन भएको हो ।
दुर्घटनामा परी बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटर साइकल चालक पूर्वी नवलपरासीको देवचुली १ बस्ने वर्ष बस्ने वर्ष ४० को ज्ञान प्रसाद बास्ताकोटीकी श्रीमतीको ३६ की नैना बस्ताकोटीको निधन भएको हो ।
दुर्घटनामा ज्ञानप्रसाद बस्ताकोटी पनि घाइते भएका छन् । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी लु २२ प ६७६९ नम्बरको मोटरसाइकल चालक कपिलबस्तुको बुद्व नगरपालिका १ बस्ने वर्ष २१ को रन्जित मल्ल र पछाडी सवार चालकको दाजु वर्ष २७ को रणदिप मल्ल पनि घाइते भएका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।