स्याङ्जाको वालिङ नगरपालिका- १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ- १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली छन् ।
वालिङबाट गल्याङको लाखुडाँडा जाँदै गरेको ग १ ज ४ ९ १८ नम्बरको जिप कच्ची सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारी घाइ दुवैको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
दसैँको वेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरैजसो एउटै वडाका बासिन्दा परेका छन् । बसको ठक्करबाट बालकको मृत्यु भरतपुर महानगरपालिका – ७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना . १ प १२८४ नम्बरको बसले आठ वर्षका बालकलाई ठक्कर दिएको थियो । बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् । बालकको सनाखत हुन सकेको छैन ।