देवचुली ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि देवचुली नगरपालिकामा डाक्टर शंसाक कोईराला पक्ष र महेन्द्रध्वज जि.सि पक्षको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ । डाक्टर पक्षका रविलाल सापकोटा र जिसि पक्षका डिल्लिराम कडरिया प्यानल चुनावि प्रतिस्पर्धामा उत्रिएको हो ।
भोलि १२ गते हुने नगर अधिवेशनमा दुई प्यानल चुनावि प्रतिस्पर्धामा उत्रिएका छन् ।
रविलाल सापकोटाको प्यानलमा नगर उपसभापति पदमा हरिभक्त भट्टराई, गौरिश्वर न्यौपाने, सचिव पदमा भुपराज पाठक, ईश्वर रेग्मी, सह–सचिव पदमा तनुजा महत्तो चौधरी र खेम सारु रहेका छन् भने डिल्लीराम कडरियाको प्यानलमा उपसभापति पदमा भोजेन्द्र बहादुर रायमाझि, पुरुषोत्तम गैरे, सचिव पदमा देवेन्द्र भट्टराई, सुन्दर पाण्डे, सह–सचिव पदमा तनुजा महत्तो चौधरी, र फट बहादुर सुनार (शंकर) रहेका छन् । चन्द्र बहादुर सिंजाली भने कोषाध्यक्ष पदका उम्मेद्वार रहेका छन् ।
दुवै प्यानलमा साझा उम्मेद्वारको रुपमा सह–सचिव पदकी उम्मेद्वार तनुजा महत्तो चौधरी रहेकी छन् । रविलाल सापकोटा हाल नगर उपसभापती समेत रहेका छन् भने डिल्लीराम कडरिया नेपाली काङ्ग्रेसको जिल्ला सदस्य रहेका छन् ।