पोखरा, १० असोज ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता बृद्धि, विद्यालय क्षेत्र विकास योजना अन्तर्गत शिक्षा क्षेत्रको सुधार,बहुक्षेत्रीय पोषणमारहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ राखे । अहिलेको महामारिको बिरुद्ध विश्वलाई एकजुट बनाउन र स्वास्थ्य उपचार तथा भ्याक्सिनमा सबैको पहुँच पु¥याउन इयुको योगदान ठूलो रहेको भन्दै मुख्यमन्त्री नेपालीले यी सहयोगका लागि युरोपियन युनियन र त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।
भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराइन् । उनले भनिन्, ‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राखिन् । कोभिड १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताइन् । यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयुले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाए राखिन् ।