मगर संसारद्वारा शारिरिक अशक्त नवलपुर देवचुली निवासी कालु परिवार लाई नव निर्मित भवन हस्तांतरण गरेको छ ।
मगर संसारको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा संसार(Magar Sansar) Photo Gallery द्वारा एडमिनहरूको सक्रियतामा आर्थिक संकलन गरि नवलपुर जिल्ला देवचुली -१७ निवासी बिपन्न/अपांग गणेश दर्लामीमगर (कालु)को पुनःनिर्मित – कालु निवास हस्तांतरण गरेको हो ।
झराही बृक्षारोपण सामुदायिक बन उपभोक्ता समितिको अनुमतीमा असोज ३ गते संविधान दिवसको अवसर पारेर मगर संसार ग्रुप/पेजले एक कार्यक्रमकाे आयाेजना गरि आवास भवन हस्तान्तरण गरेकाे थियाे ।
कार्यक्रम संचालन देवचुलीका समाजसेवी खुम सारू मगर र एडमिनबाट प्रिया र अजिसाले गर्नु भएको थियो भने कार्यक्रमको सभाध्यक्ष अभियान्ता शान्ति राना मगरले गर्नु भएको थियो।
भवन हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वयन समिति नवलपुरका अध्यक्ष ईन्द्र ब.फाला मगर, नेपाल मगर संघ देवचुली नगरसमितिका अध्यक्ष टुकलाल रुचाल मगर, लगाएतका व्यत्तिहरुकाे उमस्थिति थियाे ।