देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि रविलाल सापकाेटाको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा भएकाेछ । शनिवार दलदलेकाे साहारा पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरि सापकाेटाको नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरिएको हो ।
प्यानलको उप–सभापतिमा गाैरीशंकर न्याैपाने र हरिभक्त भट्टराई, सचिवमा भुपराज पाठक र ईश्वर रेग्मी ,सह–सचिवमा तनुजा महतो चौधरी र खेम शारु रहेका छन् ।
सभापति पदका उम्मेदवार सापकाेटाले आफ्नाे प्यानल सहितकाे उम्मेदारी घाेषणा गर्ने कुनै चाहाना नभएकाे र आफू अन्तिम समयसम्म नगर पदाधिकारीहरुकाे टुंगो सहमतीमा नै टुङ्गाउने र कुनै गुट, उपगुटमा नलागि स्वतन्त्र निर्वाचन पक्षमा रहेकाे बताउनु भयाे । उहाँले अन्य साथिहरु गुट उपगुट सृजना गरेर यस अघिनै उम्मेदवारी घाेषणा गरेका कारण आफुले बाध्य भएर प्यानल सहितकाे उम्मेदारी घाेषणा गर्नुपरेकाे आशय व्यत्त गर्नु भएकाे छ ।
सापकाेटाले आफुहरु पनि प्यानलसहित निर्वाचनमा हाेमिएकाे जानकारी दिदै सहयाेगका लागि सम्पुर्ण मतदाताहरु समक्ष अनुराेध गर्नुभएकाे छ ।
उहाँले निर्वाचनमा आफ्नाे प्यानल अत्याधिक मत सहित विजयी हुने दावि गर्दै विजयी पश्चात् पार्टीपंति लाई विश्वासमा लिएर देवचुलीमा नेपाली कांग्रेसलाई पहिलाे पार्टी बनाउने जिकिर गर्नुभयाे । त्यस्तै उहाँले पार्टीमा रहेकाे चरम गुटबन्दीकाे अन्त्य गरि पार्टीलाई एकढिक्का बनाउने र पार्टीमा आबद्ध सक्रिय सदस्यहरु लाई एक-एक वटा जिम्मेवारी प्रदान गरि पार्टीका गतिविधिहरुलाइ सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यत्त गर्नु भएकाे छ ।
नेपाली काङ्ग्रेस नगर अधिवेशन असोज ९ गते हुने भनिएता पनि ११ गते हुनसक्ने नेपाली काँग्रेस स्रोतले बताएको छ ।