कृशला सापकोटा, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले एक वर्षमा करिब साढे ३ करोड राजस्व संकलन गरेको छ ।
देवचुली नगरपालिकाका प्रशासन शाखाका शाखा अधिकृत जिवलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष ७७/७८ मा ३ करोड ४४ लाख ४२ हजार ६० रुपैंया राजस्व संकलन गरेको हो ।
देवचुली नगरपालिकाले राजस्व तथा अनुदानबाट ३७ हजार ५ सय रुपैयाँ, सम्पति करबाट ९९ लाख ९१ हजार ७ सय ३३ रुपैंया, भुमिकर तथा मालपोत करबाट ८९ हजार ४ सय ८५ रुपैंया, घरबहाल करबाट ३७ लाख २८ हजार १ सय १ रुपैंया राजस्व संकलन गरेको छ ।
त्यसैगरी बहाल विटौरी करबाट २१ लाख १९ हजार ५ सय ५० रुपैंया, व्यवसाय रजिष्टे«शन दस्तुरबाट ४० लाख १८ हजार ६ सय ७५ रुपैंया, विशेष अनुदान पूंजीगतबाट ६ सय रुपैंया, सरकारी सम्पत्ती वहालबाट ७३ हजार २ सय रुपैंया, घरजग्गा रजिष्टेशनबाट १ हजार ५ सय रुपैंया राजस्व संकलन गरेको छ ।
त्यसैगरी विद्युत सेवा शुल्कबाट १ हजार ५ सय रुपैंया, पार्किङ्ग शुल्कबाट ३ लाख २६ हजार ३ सय ६७ रुपैंया, नक्सापास दस्तुरबाट २८ लाख ९२ हजार २६ रुपैंया, सिफारिश दस्तुरबाट ७१ लाख ७८ हजार २ सय १३ रुपैंया, व्यक्तिगत घटना दर्ता दस्तुरबाट २ लाख २३ हजार ५ सय रुपैंया, नाता प्रमाणितबाट २ लाख ९१ हजार रुपैंया, व्यवसायी रजिष्टेशन बाट १८ हजार रुपैंया, प्रशासनिक दण्ड तथा जरिवाना बाट १ लाख ३९ हजार ९ सय ४४ रुपैंया राजस्व संकलन गरेको छ ।
त्यसैगरी अन्य कर बाट ३ लाख ४३ हजार ७ रुपैंया, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टी बाट १८ हजार ८ सय रुपैंया, अन्य बिक्रीबाट ७८ हजार २ सय ५० रुपैंया, अन्य सेवा शुल्कबाट १ लाख ८१ हजार २ सय ४१ रुपैंया, अन्य दस्तुरबाट ९ लाख ९४ हजार ६ सय ९५ रुपैंया, अन्य राजस्वबाट १६ लाख ९५ हजार १ सय ७० रुपैंया गरी जम्मा ३ करोड ४४ लाख ४२ हजार ६० रुपैंया राजस्व संकलन गरेको श्रेष्ठले बताए ।