चितवन : पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक अघि बिहान १० बजे पछि खुलेको हो ।
अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।