नवलपुर । देवचुली १४, छत्तिसघरमा प्रथम वडा स्तरिय भलिबल प्रतियाेगिता हुने भएकाे छ । सिद्धिविनायक टाेल विकास समितिकाे आयाेजनामा असमेज १० गतेबाट भलिवल प्रतियाेगिता हुने भएकाे हाे ।
विशेषतः नजिकिदै गरेककाे विजया दशमिकाे अवसर पारेर मनाेरञ्जन एवं देवचुली नगरपालिका भित्र रहेका खेलाडीहरुकाे प्रतिभालाई बाहिर ल्यााउने र खेलाडिकाे मनाेबल उच्च बनाउने उदेश्यका साथ याे प्रतियाेगिता आयाेजना गरिएकाे समितिले जानकारी दिएकाे छ ।
प्रतियाेगितामा देवचुली नगरपालिकाकाे वडाहरुभित्र रहेका क्लव तथा खेलाडिहरु सहभागी हुन पाउने छन् । खेलमा सहभागी हुन प्रवेश शुल्क रू २१०० सहित आयाेजकले ताेकेकाे मापदण्ड पुरागरी आफ्नाे टिम दर्ता गर्नु पर्नेछ ।
भलिवल प्रतियाेगितामा प्रथम हुनेले नगद रू २१०००, द्वितिय हुनेले रू ११००० सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
आयाेजक सिद्धिविनायक टाेल विकास समितिले नगरपालिका भित्र रहेका सम्पूर्ण वडा, क्लव, समूह तथा खेलाडीहरुलाई प्रतियाेगितामा सहभागी भई सहयाेग गरिदिन आग्रह गरेकाे छ ।