नवलपुर । पूर्वि नवलपरासीमा एक महिलाको वेवारिसे शव फेला परेको छ । देवचुली नगरपालिका वडा नं. १७ कुजौली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको हो ।
आज अपरान्ह ४ वजे स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको हालसम्म सनाखत हुन सकेको छैन ।
प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरीले शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको उज्यालो खबरलाई बताउनुभयो ।