भिम भुसाल, देवचुली ।
गएराती ११ बजे पूर्वि नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ८ मुस्कान चोक नजिक भित्रि सडक खण्डमा मोटर साईकल दुर्घटना हुँदा २२ वर्षिय पुरुष घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ३२ प ५८६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित हुँदा देवचुली ९ बस्ने वर्ष २२ को अलविन थापा मगर घाईते भएको प्रहरी पोष्ट दलदलेले जनाएको छ ।
घाईते पुरुषको टाउकोमा चोट लागेको छ भने उपचारको लागि देवचुली अस्पताल दलदलेबाट भरतपुर रिफर गरिएको थियो । घाईतेलाई भरतपुरबाट समेत उपचारको लागि काठमाडौं रिफर गरिएको दलदले प्रहरीले जनाएको छ ।