देवचुली, मदन अर्याल । नेपाली कांग्रेस देवचुलीकाे वडा अधिवेशन सक्किए लगतै देवचुली नगर कार्यसमितिकाे आयाेजनामा नगर सभापति पदकाेलागि उमेदवारी घाेषणा कार्यक्रम भएकाे छ । देवचुली नगरपालिकाका १७ वटै वडाहरूकाे उमेदवारी टुंगिए सगैं नगर सभापति पदलागि नेपाली कांग्रेसका महामन्त्री शशाकं काेईरालाकाे प्रमुख आतिथ्यतामा उमेदवारी घाेषणा कार्यक्रम गरिएकाे हाे ।
यश अघि नै सामाजिक संजाल एवं विभिन्न माध्यमबाट धेरै जनाले आआफ्नाे उमेदवारी घाेषणा गरेपनि आज भएकाे कार्यक्रमबाट देवचुली नगरपालिकाकाे सभापति पदकाेलागि १० जनाले आफ्नाे उमेदवारी घाेषणा गरेका छन् ।
अधिकाशं उमेदवारले पार्टीमा पुर्याएकाे याेगदानकाे आधारमा आफ्नाे दावि पेस गरेकाछन् भने कतिपय उमेदवारले अघिल्लाे जिम्मेवारी र जेष्ठताकाे आधारमा उमेदवारि घाेषणा गरेका हुन ।
नगरसभापति पदकाेलागि रविलाल सापकाेटा, गाैरिश्वर न्याैपाने, प्रदिपराज घिमिरे, नारायण प्रसाद पाैडेल, देवि खनाल, भुपराज पाठक, दयाराज तिवारी, क्याप्टेन डिल बहादुर खत्री, डिल्लीराम कडेरिया र पूर्णकुमार श्रेष्ठले उमेदवारी घाेषणा गरेका छन् ।
मेयर समेत रहनुभएका श्रेष्ठले सर्वसहमतीमा नेतृत्व टुंगिए आफुपछि हट्ने र निर्वाचन नै हुने अवस्था आए आफू पछि नहट्ने स्पष्ट पार्नु भयाे ।
उमेदवारी धेरै भएपनि सकेसम्म सहमतीमा उमेदवारी टुङ्गाउने प्रयास भईरहेकाे देवचुली कांग्रेस कार्यसमितिले जानकारी दिएकाे छ ।
नेपाली कांग्रेस देवचुली नगरपालिकाकाे नगर अधिवेसन असाेज ९ गते हुने भएकाे छ ।