नवलपुर । नवलपुरकाे बौदींकालीमा भिरबाट खसेर एक जनाकाे ज्यान गएको छ ।
पैदल यात्रा गर्ने क्रममा बौदींकाली-४ बराबेन्डीमा गएको पहिरोले बाटो भत्काएर भिर बनेको स्थानबाट खस्दा बौदींकाली-३ वटाङका ४१ वर्षिय प्रेम बिकको ज्यान गएको बौदींकालीबाट पत्रकार केबि रानाले जानकारी दिएका छ्न् ।
देवचुलीको झाक्रेबाट पदैल यात्रा गर्दै बौदींकालीको रकुवा हिडेका बिक बिहिबार साझ ५ बजेको समयमा भिरबाट खसेका थिए । भिरबाट खसेर मृत्यु भएको बिकको शव करिब १२ घण्टा पछि डेढगाउँ प्रहरी र स्थानीयको सक्रियतामा निकालिएको पत्रकार रानाले जानकारी दिए ।