काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजको बैठकका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
सभामुखले गैरसंसदीय गतिविधि गरेको र आफूहरुले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो। एमालेले १४ सांसदलाई उपस्थित भएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ।
यसअघि पनि बुधबार तीनपटक बसेको बैठक पनि एमाले सांसदको अवरोधका कारण स्थगित भएको थियो। तर बुधबारको तेस्रो बैठकमा सभामुख सापकोटाले पेलेरै अध्यादेश पेश गर्न समय दिएका थिए।
आफूले कारबाही गरेका सांसदलाई कारबाही नगरी पार्टी फुटाउन मद्दत गरेको भन्दै नेकपा एमाले सभामुखसँग असन्तुष्ट भएको छ।