ठाउँ उहि छ गाउँ उहि छ।
कक्षा १ का पुन्टे, डल्लि र पुतली
कस्ता भए होलान्?
कहाँ गए होलान्?
सर ले ठुलो भएसी के
बन्छौं तिमारु भनेर सोध्दा
पुन्टे डाक्टर बन्ने हुँ भन्थ्यो।
डल्लि मास्टर बन्ने हुँ भन्थि।
पुतली म सँग बिहे गर्छु भन्थि।
म सरको छोरी पोइला लग्छु भन्थेँ।
उमेर बदलियो, उनिहरु बदलिए
समय बदलियो मन बदलियो।
पुन्टे , डल्लि र पुतली
रुदैँ रुदैँ सहरमा बसाइँ सरेर गए।
उनिहरु काठमाडौँ,पोखरा र चितवन
जस्तै मेरा लागि ठुला सहर सरह भए।
जाँदा रुदैँ गएका उनिहरु
पोहोर गाउँ आउँदा रुदैँ आए
जाँदा मन रोएको थियो।
आउँदा खुट्टा को ठेला रोयो।
म लुकामारी र चिप्लेटी खेल्ने ठाउँ
हेर्दै बसे त्यो कहिल्यै बदलिएर गएन।
जसरी पुन्टे, डल्लि र पुतली बदलिए।
बर्खायाममा हिलोले सबै पुरिन्थ्यो।
बर्खा सकिएपछि आफैं देखिन्थ्यो।
मेरो लागि अझैं त्यो बच्चै छ तर पुन्टे,
डल्लि र पुतली त जवान भएछन्।
मोटा ,राम्रा, पुक्क र रसिला भएछन्।
मन फेरिएछन् सोचाई फेरिएछन्।
म आज १२ वर्ष पछि पनि
अझैं पुन्टे, डल्लि र पुतली
आउने आशामा साझ बिहान
चिप्लेटी तिर आँखा डुलाउँदै छु ।