नवलपुर।
नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ मा रहेको भैसेखोलामा डुबेर स्थानीय एक बालकको मृत्यु भएको छ । शनिबार दिउसो पौडी खेल्न गएका विनयी त्रिवेणी–५ देउरालीका ५ वर्षीय बसन्त तरामु मगर साँझ खोलामा डुबीरहेको अवस्थामा फेला परेका थिए ।
खोलामा डुबेको अवस्थामा भेटिएका बसन्तलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा शनिबार राति डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।