नवलपुर ।
भदौ २१ गते हुने नेपाली कांग्रेसको वडा अधिवेशन नवलपुरकाे देवचुलीमा पनि बढ्दाे छ । देवचुलीका वडाहरुमा सभापति पदका आकांक्षीहरु पनि धेरै देखिएका छन् ।
देवचुली नगरपालिका वडा नं ४ मा सभापति पदका लागि २ जनाले आफ्नाे दावि पेश गरेपनि सहमतीमा नेतृत्व चयन भएकाे छ ।
देवचुली ४ बाट दिपेन्द्र थापा क्षेत्री सभापतिमा चयन भएका छन् भने उपसभापतिमा रुपेश विश्वकर्मा चयन भएका हुन् । रुपेश विश्वकर्मा सभापति पदमा आकांक्षी देखिएपनि यस पटक उपसभापतिमा रहेर पार्टीकाे निर्देशनलाई स्वीकार गरेकाे पावर संदेशलाई वताएका छन् ।
आज विहान आपशी सहमतीमा सभापति र उपसभापति पद टुङ्गिए पनि निर्वाचन समितिले टुङ्ग्याउन बाँकी रहेको दिपेन्द्र थापा क्षेत्रीले बताए । उपसभापतिमा निर्वाचन समितिले आधिकारीकता नदिएमा क्षेत्रिय प्रतिनिधीको रुपमा रुपेश विश्वकर्मालाई चुनिने क्षेत्रीले जानकारी दिए ।