भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १३ को भित्रि सडक खण्डमा मोटर साईकल दुर्घटना भएको छ । आज साँझ ५ः२० को समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना २९ प १३९६ नम्बरको मोटरसाईकल र विपरित दिसातर्फ जाँदै गरेको लु ५५ प ७७०६ नम्बरको मोटरसाईकल एकआपशमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि देवचुली ११ वस्ने वर्ष २५ को हिरा बहादुर राना र देवचुली १२ लक्ष्मीपुर बस्ने वर्ष ३५ को जिवन पराजुली घाईते भएका अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ ।
मध्यम अवस्था रहेका पराजुलीको देवचुली अस्पतालमा उपचार भैरहेको छ भने रानाको उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल रिफर गरिएको प्रहरी पोष्ट प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।