जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारी एक कार्यक्रमका विच सम्मानीत भएका छन् । उदाहरणीय तथा रचनात्मक शैलीमा प्रहरी कर्मचारीहरुको परिचालन गरेबापत २०७७ सालको उत्कृष्ट प्रहरी अन्तरगत प्रहरी नायव उपरिक्षक अधिकारी सम्मानीत भएका हुन् ।
कदर-पत्रले सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले प्रनाउ अधिकारीले प्रहरी कार्य, प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादीहरु पक्राउ गर्न सफल भएको जानकारी दिए । प्रहरी उपरीक्षक बोगटीले प्रनाउ अधिकारीले अबैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एवं विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन र लकडाउनको उत्कृष्ट कार्यान्वयन तथा स्थानिय निकाय, विभिन्न सरोकारवालाहरु सँग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राखेको बताए ।
यस्ता प्रकारका सम्मानले प्रहरी कर्मचारीहरुमा मनोवल उच्च हुने बताउदै सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सम्मानीत प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले आफ्नो धारणा व्यक्त गरे । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल राईलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधी प्रशासन शाखामा कार्यरत रही कार्यालयको अभिलेख व्यवस्थापन गर्ने, कम्प्यूटरमा आएका समस्याहरु समाधान गर्दै आदेशानुसार सूचाना प्रवाह गरेवापत प्रज राईलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाले आफ्ना माताहतमा रहने राम्रो काम गर्ने कर्मचारीहरुलाई बेला बेलामा सम्मान गर्दै आएको छ ।