देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा रहेको कुल एण्ड ऐलेन पेट्रोल पम्पको भण्डारण गर्ने स्थानमा आगोलागी भएको छ । पम्पमा पेट्रोल भण्डारण गर्ने क्रममा आज साँझ आगोलागी भएको हो ।
भण्डारण गर्दै गर्दा एक्कासी आगोलागी भएपछी आगोनियन्त्रणमा लिने क्रममा पम्पका ४४ वर्षिय कर्मचारी दीपक काफ्ले घाइते भएका छन् । घाईते काफ्लेको हात र खुट्टामा चोट लागेको छ भने उनलाई उपचारको लागि देवचुली अस्पतालबाट भरतपुर रिफर गरिएको अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ ।
६४ हजार लिटर भण्डारणको क्षमता रहेको पम्पमा आगोलागीका कारण करिव २० लिटर पेट्रोल क्षति भएको छ ।