नवलपुर । विद्यालय सरसफाई एवं सुन्दरीकरण अभियान अन्तर्गत बिभिन्न ४ वटा लायन्स क्लबले आज गैडाकोट नगरपालिका–३ बृन्दापुरमा अवस्थित पञ्चकन्या प्राथमिक विद्यालय परिसरमा सरसफाई एवं वृक्षरोपण गरेका छन् ।
लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले बिभिन्न जातका २५० बिरुवा रोपेका हुन् । क्लबहरुले आज एभोकाडो, अमला, आँप, कपुर, धुपी, म्याड्डो स्टीक, रुद्राक्ष लगायतका बिरुवा रोपेको कार्यक्रम संयोजक लायन ईश्वर रिमालले जानकारी दिए ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन हरि प्रसाद घिमिरेले बिरुवा रोप्नु भन्दा पनि संरक्षण गर्नु महत्वपूर्ण भएको बताए । उनले रोपेका बिरुवाको संरक्षणमा ध्यान दिन लायन्सकर्मीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ गोपाल गौतम, डिष्ट्रिक डेपुटी चिफ भक्तिप्रसाद चालिसे, डिष्ट्रिक डेपुटी सचिव पूर्णप्रसाद शर्मा, पञ्चकन्या प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद भण्डारी, विद्यालयकी प्रअ राधिका भण्डारी, ४ वटै क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।