गैँडाकोट ।
गैँडाकोट ६ मा एक पुरुषको शव फेला परेको छ । मृतक व्यक्ती बागलुङ घर भई गैँडाकोट बस्दै आएका करिब ५४ वर्षका ठगु परियार रहेको गैँडाकोट नगरपालिका ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थायी रुपमा नबस्ने काम गर्दै कमाउँदै खादै हिड्ने गरेको उनको के कारणले मृत्यु भयो भन्ने एकिन नभएको उहाँले बताउनुभयो ।
शवको प्रकृति हेर्दा संकास्पद कुनैपनि दाग नभएको ईलाका प्रहरी गैँडाकोटका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको उहाँले बताउनुभयो ।