राष्ट्रिय टिमका पुर्व कप्तान एवं क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार बिहान आफ्नाे सामाजिक सञ्जाल मार्फत उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’ अफिसियल फेसबुक पेजमा पारसले लेखेका छन् ।
लामाे समय नेपाली क्रिकेटकाे कप्तानी सम्हालेका खड्काले २०१४ मा नेपाललाइ अन्तर्राष्ट्रिय टि-20 खेलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । कमजाेर मानिने नेपाली क्रिकेटकाे ब्याटिङ पक्ष सम्हाल्दै नेपाललाई आेडिआई सम्म पुर्याउन खड्काले बलिङ एवं ब्याटिङमा ठुलाे याेगदान गरेका छन् ।
पारस एसाेसियस्ट राष्ट्रहरु मध्येकाे संभवत उत्कृष्ट र सफल कप्तानकाे रुपमा रहेकाछन् ।
पछिल्लाे समय युवा खेलाडीकाे उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटमा राम्रो प्रभाव पारेपनि पारस खड्काकाे कमि भने पक्कै अनुभूति हुनेछ ।