नवलपुर । वैदेशिक रोजगारीको लागि नर्बे पठाउछु भन्दै करिब तीन दर्जन युवाहरूसंग करोडौं पैसा उठाएर नवलपरासी अर्खला वडा नं. ६ का बुद्ध आले मगर भनिने समीर आले मगर फरार भएका छन् ।
नर्वेमा राम्रो रेष्टुरेन्टमा महिनाको २ लाख सम्मको तलबको आवश्वन दिएका पीडितहरुलाई समिरले प्रति व्यक्ति २ लाख देखि ५ लाख सम्म नक्कली भिषा र अफर लेटर देखाएर करोडौं रकम लिएर हाल फरार भएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी परिसट टेकुमा मगर विरुद्ध उजुरी गरेका छन् ।
“मगरले ठगेका अधिकांश पीडितहरु आफ्नै गाउँका छन् । गाउँकै मान्छेले यस्तो सम्म गर्छन् भनेर कल्पना समेत गरेको थिएन । भिषा देखि कम्पनीको अफर लेटर देखाए पछि अग्रिम केही रकम माग्यो । प्रति व्यक्ति ८ लाख भनेको ठाउमा हामीले २ लाख देखि ५ लाख सम्म विश्वासले बुझायौं तर अहिले आएर हामीलाई बिचल्ली बनाएर फरार भयो” पीडित भाईकाजी तामाङले जानकारी दिएकाछन् ।
फरार भएका मगरले पीडितहरुसंग रकम लिदा पीडित मध्येकै कृष्ण कुमारी कुमाललाई रकम उठाउन लगाएको थियो । अहिले पीडितहरुले एजेन्ट मगरसंग कुरा गर्दा जो संग कारोबार गरेको हो उसैसंग कुरा गर्नु भनेर तर्केपछि सबै पीडितहरु अर्को पीडित कृष्ण कुमारी कुमाललाई समाउनु पर्ने बाध्यता भएको समेत बताए ।
हामीले पीडित कुमाल संग कुरा गर्दा उन भने “समिरको पैसा खाने योजना रहेछ त्यसैले उसले पैसा उठाउने बेला आफुले नउठाएर म मार्फत उठायो तर म संग समिरलाई पैसा बुझाएको एकएक प्रमाण छ, म कानुनी ढंगले लड्ने छु” ।
फरार भएको मगरसंग टेलिफोन संवाद गर्दा उनले आफुले सबै पीडितहरुको रकम फिर्ता गर्ने वचन दिएका छन् । पटकपटक पैसा दिन्छु भन्दै विभिन्न कागजात देखि चेक दिदै हिडेका मगरले रकम फिर्ता गर्छु भनेको महिनौं भइसक्यो तर उनले व्यबहारमा भने कार्यनयन नगरेको पीडित पुनम लामाले गुनासो गरेका छन् ।